KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BLACKPINK-TIME-2022-Entertainer-of-the-year

ब्ल्याकपिंक भए टाइम म्यागजिनको ‘२०२२ इन्टरटेनर अफ दि इयर’

Posted on December 6, 2022December 6, 2022 by Kpop Nepal

साेल : ग्लोबल सुपरस्टार ब्ल्याकपिंक टाइम म्यागजिनको ‘२०२२ इन्टरटेनर अफ दि इयर’ भएका छन्।

ब्ल्याकपिंक सदस्य जेनी, रोजी, लिसा र जीसुले वाइजी इन्टरटेन्टमेन्टलबाट सन् २०१६ मा ‘स्क्वायर वान’ नामक एल्बमबाट के-पपमा डेब्यु गरेका हुन्। ‘स्क्वायर वान’ मा समावेश ‘विसल’, ‘बुम्बाया’ले बिलबोर्ड वर्ल्ड डिजिटल सङ सेल्स चार्टको पहिलो र दोस्रो नम्बरमा समेत पुगेका थियाे।

के-पपमा डेब्यु गरेदेखि नै ब्ल्याकपिंकले युट्युबको रेकर्ड तोड्दै आएको छ। सन् २०१९ मा रिलिज भएको ‘किल दिस लभ’, २०२० मा आएको ‘हाउ यु लाइक द्‌याट’, २०२२ मा रिलिज भएको ‘पिंक भेनम’ गीतहरूले सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा धेरै हेरिएको म्युजिक भिडियोको रेकर्ड बनाएका छन्। ब्ल्याकपिंककाे छ ओटा म्युजिक भिडियाेले बिलियन युट्युब भ्युज नाघेकाे छ।

ब्ल्याकपिंक टाइम म्यागजिनको ‘इन्टरटेनर अफ दि इयर’ उपाधि पाउने दाेस्राे के-पप आर्टिस्ट हुन्। उक्त उपाधि बीटीएस समूहले २०१८ मा पाएका थिए।

.@BLACKPINK has managed to become the biggest girl group in the world precisely by allowing its members—Jisoo, Jennie, Rosé, and Lisa—to be solo stars in their own right.

Find out why the group is TIME's 2022 Entertainer of the Year: https://t.co/v9U7fjrVcR pic.twitter.com/TdMYlTkHMj

— TIME (@TIME) December 6, 2022
facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme