साेल : ग्लोबल सुपरस्टार ब्ल्याकपिंक टाइम म्यागजिनको ‘२०२२ इन्टरटेनर अफ दि इयर’ भएका छन्।
ब्ल्याकपिंक सदस्य जेनी, रोजी, लिसा र जीसुले वाइजी इन्टरटेन्टमेन्टलबाट सन् २०१६ मा ‘स्क्वायर वान’ नामक एल्बमबाट के-पपमा डेब्यु गरेका हुन्। ‘स्क्वायर वान’ मा समावेश ‘विसल’, ‘बुम्बाया’ले बिलबोर्ड वर्ल्ड डिजिटल सङ सेल्स चार्टको पहिलो र दोस्रो नम्बरमा समेत पुगेका थियाे।
के-पपमा डेब्यु गरेदेखि नै ब्ल्याकपिंकले युट्युबको रेकर्ड तोड्दै आएको छ। सन् २०१९ मा रिलिज भएको ‘किल दिस लभ’, २०२० मा आएको ‘हाउ यु लाइक द्याट’, २०२२ मा रिलिज भएको ‘पिंक भेनम’ गीतहरूले सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा धेरै हेरिएको म्युजिक भिडियोको रेकर्ड बनाएका छन्। ब्ल्याकपिंककाे छ ओटा म्युजिक भिडियाेले बिलियन युट्युब भ्युज नाघेकाे छ।
ब्ल्याकपिंक टाइम म्यागजिनको ‘इन्टरटेनर अफ दि इयर’ उपाधि पाउने दाेस्राे के-पप आर्टिस्ट हुन्। उक्त उपाधि बीटीएस समूहले २०१८ मा पाएका थिए।