Press "Enter" to skip to content

बीटीएसले सार्वजनिक गरे “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्टकाे व्यक्तिगत टिजर फाेटाेहरू

सियोल : दक्षिण कोरियाको लोकप्रिय पप समूह बीटीएसले “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्टकाे व्यक्तिगत टिजर फाेटाेहरू सार्वजनिक गरेका छन् ।

केही दिन अगाडि बिग हिट मिउजीक गुरूपले “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्ट नोभेम्बर २७-२८ र डिसेम्बर १-२ गते लस एन्जलस, क्यालिफोर्नियाकाे साेफी स्टेडियममा हुने जानकारी दिएका थिए । उक्त कन्सर्टकाे सबै जानकारी हुइभर्समा पाउन सकिन्छ भने टिकट टिकटमास्टरबाट बुकिङ गर्न सक्नु हुनेछ ।

“पर्मिशन टु डान्स अन स्टेज – एलए” बीटीएसकाे अक्टाेबर २९, २०१९ मा सम्पन भएकाे “बीटीएस वर्ल्ड टुर लभ युअरसेल्फ: इस्किप युअरसेल्फ – दि फाइन्ल” पछिकाे पहिलाे इन हाउस कन्सर्ट हाे । बीटीएसले “बीटीएस वर्ल्ड टुर लभ युअरसेल्फ: इस्किप युअरसेल्फ – दि फाइन्ल” टुरमा १४ देशमा ६२ अाेटा कन्सर्ट गरेका थिए भने उक्त कन्सर्टहरूमा २,०१९, ८०० जान मानिसहरू सहभागी भएका थिए ।

यसैगरी, “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्ट हुनु भन्दा अगावै बीटीएसले अन्लाइन “पर्मिशन टु डान्स अन स्टेज” कन्सर्ट अक्टाेबर २४, १८३० काेरियान समय अनुसार गर्ने छन् ।

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *