सोल : ब्ल्याकपिंक सदस्य जिसोले यस वर्ष आफ्नाे पहिलाे साेलाे एल्बम रिलिज गर्ने भएकी छिन्।
ब्ल्याकपिंककाे एजेन्सी वाइजी इन्टरटेन्टमेन्ट अनुसार जिसो अहिले आफ्नाे पहिलाे साेलाे एल्बममा काम गरी रहेकाे छिन्। एजेन्सीले जिसोले आफ्नाे साेलाे डेबिउ एल्बमकाे ज्याकेट फाेटाेकाे फाेटाेसुटहरू सकाइ सेकेकाे र छिटै नै फ्यानहरूले राम्राे समाचार पाउने जानकरी पनी दिएका छन्।
जिसो साेलाे डेबिउ गर्ने ब्ल्याकपिंककाे अन्तिम सदस्य हुन। यस अघि ब्ल्याकपिंकका सदस्य जेन्नीले सन् २०१८ मा सालाे डेबिउ गरेका थिए भने रोजी र लिसाले सन् २०२१ सालाे डेबिउ गरेका थिए।
हाल ब्ल्याकपिंकका सबै सदस्यहरू गुरूपकाे विश्व टुरमा व्यस्त छन्।
Category: समाचार