सोल : गर्लस गुरूप रेड भेल्भेटले नाेभेम्बर २८ मा आफ्नाे आठाैँ मिनी एल्बम ‘दि रेभे फेसटिभल २०२२’ रिलिज गर्दै कमब्याक गरेका थिए।
‘दि रेभे फेसटिभल २०२२’ रिलिज भए लगतै उक्त एल्बम दुवै विश्ववापी आइटुन्स एल्बम चार्ट र यूरोपियन आइटुन्स एल्बम चार्टमा नम्बर एक स्थानमा पुग्न सफल भएकाे छ। यस्तै गरी उक्त एल्बम ४४ ओटा देशकाे आइटुन्स चार्टकाे नम्बर एक स्थानमा समेत पुगेकाे छ।
रेड भेल्भेटलाई धेरै धेरै बधाई छ।
Category: समाचार